| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
वंशजको आधारमा नयाँ नागरिकता |
|||||||||
|
फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट अनलाइन सिफारिस भएको अनुसूची-१ (रु. १० को हुलाक टिकट टाँस भएको हुनुपर्ने)। जन्मदर्ताको प्रमाणपत्र र शैक्षिक प्रमाणपत्र । बाबु र आमाको नागरिकता प्रमाणपत्र ( बाबु र आमाको नागरिकता नभएको हकमा तीन पुस्ताभित्रका नातेदारको नागरिकता प्रमाणपत्र र सो नातेदारसँग नाता खुल्ने नाता प्रमाणितपत्र) । हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो । नेपाली नागरिकता प्रमाणपत्र सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ( बाबु र आमा बाहेक अन्य व्यक्ति सनाखत गर्न उपस्थित भएमा नाता खुल्ने कागजात र नाता प्रमाणितपत्र)। विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र र पतिको नेपाली नागरिकताको प्रमाणपत्र तथा माईती तर्फको वंशज खुल्ने अभिभावकको नेपाली नागरिकता प्रमाणपत्र । बसाईसरी आएको हकमा बसाई-सराइ दर्ता प्रमाणपत्र र अन्य जिल्लाबाट यस जिल्लामा बसाईसरी आउनेको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयबाट नागरिकताको अभिलेख । कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र र कर्मचारी परिचयपत्र । विदेशमा जन्म भएको हकमा सोको प्रमाणपत्र । प्रमाणिकरण गर्न आवश्यक देखिएकमा स्थानीय तह तथा प्रहरीको स्थलगत सर्जमिन मुचुल्का । नागरिकता जारी गर्ने अधिकारीले आवश्यक देखेको अन्य कागजात । नोट : उल्लेखित कागजातको १/१ प्रति फोटोकपी र प्रमाणिकरणको लागि सक्कल समेत लिएर आउनु पर्ने । |
|||||||||
| 2 |
नेपाली नागरिकताको प्रतिलिपि |
|||||||||
|
फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको प्रतिलिपी फाराम (रु.२० काे हुलाक टिकट टाँस गरेको हुनुपर्ने) । नेपाली नागरिकताको सक्कल वा फोटोकपी । वाणगंगा नगरपालिकाभन्दा बाहिरबाट नागरिकता प्रमाणपत्र लिएकाको हकमा बसाइसराइ दर्ता प्रमाणपत्र । पतिको नाम थप गर्नुपर्ने महिलाकाे हकमा पतिको नागरिकता, पति कायम सिफारिस र विवाहदर्ता प्रमाणपत्र साथै सनाखत गर्ने व्यक्ति सक्कल नागरिकता सहित उपस्थित हुनुपर्ने। हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो । कर्मचारी परिवारको हकमा कार्यरत कार्यालयको सिफारिस पत्र, कर्मचारी परिचय पत्र । पतिको नाम थर हटाउनु पर्ने महिलाको हकमा सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र, अदालतको फैसला, बाबुकाे नागरिकता साथै सनाखत गर्ने व्यक्ति सक्कल नागरिकता सहित उपस्थित हुनुपर्ने । |
|||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बाणगंगा, कपिलवस्तु .