फोटो समेत प्रमाणित गरिएको सम्बन्धित स्थानीय तहबाट अनलाइन सिफारिस भएको अनुसूची-१ (रु. १० को हुलाक टिकट टाँस भएको हुनुपर्ने)।
जन्मदर्ताको प्रमाणपत्र र शैक्षिक प्रमाणपत्र ।
बाबु र आमाको नागरिकता प्रमाणपत्र ( बाबु र आमाको नागरिकता नभएको हकमा तीन पुस्ताभित्रका नातेदारको नागरिकता प्रमाणपत्र र सो नातेदारसँग नाता खुल्ने नाता प्रमाणितपत्र) ।
हाससालै खिचिएको मुखाकृति एवं दुवै कान देखिने (२.५x३ से.मि. साईजको फोटो) २ प्रति फोटो ।
नेपाली नागरिकता प्रमाणपत्र सहित सनाखत गर्ने व्यक्तिको उपस्थिति ( बाबु र आमा बाहेक अन्य व्यक्ति सनाखत गर्न उपस्थित भएमा नाता खुल्ने कागजात र नाता प्रमाणितपत्र)।
विवाहित महिलाको हकमा विवाहदर्ता प्रमाणपत्र र पतिको नेपाली नागरिकताको प्रमाणपत्र तथा माईती तर्फको वंशज खुल्ने अभिभावकको नेपाली नागरिकता प्रमाणपत्र ।
बसाईसरी आएको हकमा बसाई-सराइ दर्ता प्रमाणपत्र र अन्य जिल्लाबाट यस जिल्लामा बसाईसरी आउनेको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय/ईलाका प्रशासन कार्यालयबाट नागरिकताको अभिलेख ।
कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र र कर्मचारी परिचयपत्र । विदेशमा जन्म भएको हकमा सोको प्रमाणपत्र ।
प्रमाणिकरण गर्न आवश्यक देखिएकमा स्थानीय तह तथा प्रहरीको स्थलगत सर्जमिन मुचुल्का ।
नागरिकता जारी गर्ने अधिकारीले आवश्यक देखेको अन्य कागजात ।
नोट : उल्लेखित कागजातको १/१ प्रति फोटोकपी र प्रमाणिकरणको लागि सक्कल समेत लिएर आउनु पर्ने ।