नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाणगंगा, कपिलवस्तु


सार्वजनिक सेवाहरु

१) वंशजको आधारमा नेपाली नागरिकता प्रमाण पत्र वितरण,

२) बैबाहिक अंगिकृत नेपाली नागरिकता प्रमाण पत्र वितरण,

३) माइतीतर्फबाट नागरिकता बनाएका विवाहिता महिलालाई पति कायम गरी नेपाली नागरिकता प्रमाण पत्र वितरण,

४) हराएको, च्यातिएको, झुत्रो भएको, बिग्रेको नागरिकताको प्रतिलिपि नेपाली नागरिकता प्रमाण पत्र वितरण,

५) कालो बजार र तस्करी नियन्त्रण सम्बन्धी प्रारम्भिक कार्य,

६) कुनै पनि पीर मर्काको ठाडो उजुरी सम्बन्धी प्रारम्भिक कार्य,

७) शान्ति, सुरक्षा सुव्यवस्थित तथा विकास निर्माणमा समन्वय गर्ने सम्बन्धी कार्य,

८) विभिन्न (दलित, जनजाति, मधेशीलगायत) प्रमाणित तथा सिफारिस सम्बन्धी,

९) विपद् व्यावस्थापन (दैवीप्रकोप) तथा द्वन्द्व पीडित सम्बन्धी,

१०) बजार अनुगमन तथा आपूर्ति व्यवस्थापन सम्बन्धी,

११) सरकारी, अर्ध सरकारी, संस्थान तथा गैर सरकारी संघ संस्थाका कार्यालयहरुको निरीक्षण तथा अनुगमन,

१२) नावालक परिचय पत्र वितरण,

१३)  दु्रत MRP (राहदानी)  सिफारिस सेवा सम्बन्धी,

१४) प्रमुख जिल्ला अधिकारी ज्यूबाट समय समयमा भएको अधिकार प्रत्यायोजन तथा निर्देशन बमोजिमका कार्यहरु ।

  यससंग साथै जोडीएका विवरणहरु

Title Size Download
सार्वजनिक सेवाहरु 12 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय