नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाणगंगा, कपिलवस्तु


परिचय

नेपाल सरकार गृह मन्त्रालय अन्तरगत सञ्चालित विभिन्न स्वायत्त कार्यालयहरुमध्ये हालै मात्र स्थापित एउटा कार्यालय इलाका प्रशासन कार्यालय, बाणगङ्गा, कपिलवस्तु हो । गृह मन्त्रालय मातहतमा क्षेत्रीय प्रशासन, अध्यागमन, जिल्ला प्रशासन, इलाका प्रशासन र सीमा प्रशासन कार्यालयहरु सञ्चालनमा छन् । गृह मन्त्रालयको तल्लो तहसम्म पुगेर काम गर्ने निकाय इलाका प्रशासन कार्यालय हो । इलाका प्रशासन कसैको शाखा वा उपशाखा वा मातहतको निकाय होइन । पूर्ण रुपमा स्वायत्त कार्यालय हो । अधिकार प्रत्यायोजन प्रमुख जिल्ला अधिकारीबाट भई आवश्यक समन्वय र निकटत्तम कार्यालयको रुपमा जिल्ला प्रशासनलाई तोकिएको छ ।

 

आफ्नो तोकिएको इलाका वा क्षेत्रमा तोकिएको कार्य सम्पादन गर्ने जिम्मेवारी इलाका प्रशासनको हो । जसरी प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासनले जिल्लाभरमा सम्पूर्ण कार्यहरुको समन्वय गर्दछ ठिक त्यसै गरी कार्यालय प्रमुख तथा इलाका प्रशासनले आफ्नो कार्य जिम्मेवारी पुरा गर्दछ । इलाका प्रशासन सम्बन्धित् क्षेत्रका लागि प्रमुख जिल्ला अधिकारीको प्रतिनिधि कार्यालय पनि हो । मुद्धा मामिला, हातहतियार तथा खरखजना र पेन्सन सम्बन्धीजस्ता कार्य बाहेकका प्रत्यायोजित कार्यहरु आफ्नो स्रोत, साधन, संयन्त्र तथा जनशक्तिका आधारमा प्रयोग र सेवा प्रवाहलाई विस्तार गर्न सक्तछ । सम्पूर्ण सरकारी सेवालाई चुस्त दुरुस्त राख्दै समयानुकूल सेवाग्राहीमैत्री, सरल र सहज पार्नमा इलाका प्रशासन कार्यालयको भूमिका अग्रणी रहन्छ । निर्धारित क्षेत्र अन्तरगतको समाजमा सुशासन, पारदर्शिता एवम् जनसरोकारका विषयमा सुधार गर्नेतर्फ समन्वयात्मक तथा प्रेरणादायी अगुवाई गर्दछ । सम्बन्धित् समुदायको सहयोग, सल्लाह, सुझाव र समन्वय इलाका प्रशासनको लागि सधैभरि अपरिहार्य रहन्छ ।

  यससंग साथै जोडीएका विवरणहरु

Title Size Download
0 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय