नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
बाणगंगा, कपिलवस्तु

  • पेट्रोल पम्पहरूमा अनुगमन २०७५-३-१२

    मिति २०७५/०३/१२ गते बाणगङ्गा इलाका प्रशासन कार्यालय, बाणगङ्गा नगरपालिका, इलाका प्रहरी कार्यालय र पत्रकारको टोलीले बाणगङ्गा नगरपालिका क्षेत्रका विभिन्न स्थानमा रहेका ६ वटा पेट्रोल पम्पहरूमा अनुगमन गरिएको छ ।

  • पुनर्स्थापना केन्द्र आस्था समूहमा अनुगमन २०७५-३-८

    मिति २०७५/०३/०८ गते बाणगङ्गा इलाका प्रशासन कार्यालय, बाणगङ्गा नगरपालिका, इलाका प्रहरी कार्यालय र पत्रकारको टोलीले बाणगङ्गा २ बैरिया स्थित पुनर्स्थापना केन्द्र आस्था समूहमा अनुगमन गरेको छ ।

  • बजार अनुगमन २०७५-२-८

    मिति २०७५/०२/०८ गते बिहान बाणगङ्गा नगरपालिका अन्तरगत कोइली बनगाई, घेरवा बनगाई र बोडगाउँ लगायतका स्थानहरुमा बाणगङ्गा इलाका प्रशासन कार्यालय, बाणगङ्गा नगरपालिका, कपिलवस्तु उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, पिपरा, सशस्त्र प्रहरी कार्यालय र पत्रकारहरूको टोलीले फार्मेसी, मेडिकल, प्रयोगशाला, किराना पसल, मोटर पार्टस, मासु पसल, सहकारी पसल, खाजाघर तथा होटलहरू गरी १८ वटा व्यवसायहरूमा अनुगमन गरी कानुन विपरित सञ्चालन गरिएका दुईवटा व्यवसायमा  सिलबन्दी गरिएको छ । 

  • बजार अनुगमन २०७५-२-२

    मिति २०७५/०२/०२ गते बाणगङ्गा इलाका प्रशासन कार्यालय, बाणगङ्गा नगरपालिका, इलाका प्रहरी कार्यालय पिपरा, उद्योग बाणिज्य संघ कपिलवस्तु तथा पत्रकारबाट गरिएको बजार अनुगमन सम्बन्धि समाचार ।

  • यस कार्यालयका प्रविधिहरू २०७५-१-११

    यस कार्यालयका प्रविधिहरू

  • कार्यालयमा CCTV क्यामेरा जडान २०७५-१-९

    यस कार्यालयको काम कारवाहीलाई चुस्त पारदर्शी तथा सुरक्षित बनाउनका लागि कार्यालयमा CCTV क्यामेरा जडान गरी सञ्चालनमा ल्याइएको छ ।  

  • बरामद गरीएका सूर्तिजन्य पदार्थ नष्ट २०७४-१२-२०

    यस कार्यालयबाट मिति २०७४/०५/११ गतेका दिन बाणगङ्गा नगरपालिका अन्तरगतका चार नम्बर चोक, बैरीया र पिपरा बजारमा सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्ने विभिन्न १५ वटा व्यवसाय तथा पसलहरूको अनुगमनका क्रममा मापदण्ड विपरित बिक्री वितरण गरेको पाइएकोले बरामद गरिएका विभिन्न ब्राण्डका सुर्ति ७० प्याकेट तथा विभिन्न ब्राण्डका गुट्खा ३५० प्याकेट गरी जम्मा ४२० प्याकेट अवैध सुर्तिजन्य पदार्थ मिति २०७४/१२/२० गते नष्ट गरिएको छ ।  

  • वार्षिक प्रगति विवरण २०७४ २०७५-१-२

    http://aaobanganga.moha.gov.np/news/4638

  • सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई कारवाही २०७४-५-२५

    सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई कारवाही  

  • “निजामती सेवाको प्रतिबद्धता ः पारदर्शीता र चुस्तता २०७४-५-२४

    निजामती सेवा दिवस २०७४ भव्य रुपमा सम्पन्न



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय